११ साउन २०८३, सोमबार

संसद खुलाउने विषयमा तीन दलको बैठकमा कुरा मिलेन

कात्तिक २०, २०७४
संसद खुलाउने विषयमा तीन दलको बैठकमा कुरा मिलेन
काठमाडाैं, १८ पुस- संसदको गतिरोध खुलाउने लगायतका विषयमा सहमति गर्न बसेको तीन दलको बैठक विना निष्कर्ष सकिएको छ ।

सिंहदरबारमा बसेको तीन दलको बैठकमा प्रमुख दलहरुले आ–आफ्नो अडान नछाड्दा सहमति हुन सकेन । सत्तारुढ दलहरुले एमालेलाई समयमै चुनाव गर्नका लागि मधेसी मोर्चासहितको सहमतिका लागि संविधान संशोधन अघि बढाउन सहमति मागे पनि एमालेले संविधान संशोधन प्रस्ताव फिर्ता लिन आग्रह गरेको थियो ।

बैठकपछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिदैं एमाले अध्यक्ष केपी शर्मा ओलीले संशोधन प्रस्ताव फिर्ता भएपनि सहमति हुने बताए । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले दलहरुबीच छलफल जारी राख्ने सहमति भएको जनाए ।  नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले छलफल सकारात्मक रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्