०२ असार २०८३, मंगलबार

चीनका परराष्ट्रमन्त्री भन्छन्– हिन्द–प्रशान्त क्षेत्रमा नेटो बनाउने अमेरिकाको चाहना

फागुन २३, २०७८
चीनका परराष्ट्रमन्त्री भन्छन्– हिन्द–प्रशान्त क्षेत्रमा नेटो बनाउने अमेरिकाको चाहना

चीनका परराष्ट्रमन्त्री वाङ यीले सोमवार आयोजित वार्षिक पत्रकार सम्मेलनमा अमेरिकाको हिन्द–प्रशान्त रणनीतिमाथि टिप्पणी गरेका छन् । 

वाङका अनुसार, यस क्षेत्रमा नेटोको नयाँ संस्करण बनाउनु हिन्द–प्रशान्त रणनीतिको वास्तविक लक्ष्य हो ।

अमेरिकाले ५४३२१ रणनीतिअन्तर्गत काम गरिरहेको पनि वाङले बताए । 

पाँच भन्नाले अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलिया र न्युजील्यान्ड सम्मिलित फाइभ आइज हो । चार भन्नाले अमेरिका, अस्ट्ेलिया, भारत र जापान सम्मिलित क्वाड हो । तीन भन्नाले अमेरिका, बेलायत र अस्ट््रेलिया सम्मिलित अकस हो । दुई र एक भनेर उनले हिन्द प्रशान्त क्षेत्रका मुलुकसँग अमेरिकाको द्विपक्षीय सम्बन्धलाई इंगित गरेका हुन् । 

यस्तो रणनीति खतरनाक र अपवित्र उद्देश्यका साथ ल्याइएको वाङको भनाइ छ । 

युक्रेनको विषयमा टिप्पणी गर्ने क्रममा वाङले युक्रेन र ताइवान फरक भएको बताए । ताइवान एक दिन स्वेच्छाले मुख्यभूमिसम्म मिसिन आउने र त्यो चीनको अखण्ड भूभाग रहेको उनले बताए । तर युक्रेन र रुस फरक फरक सार्वभौमसत्ता भएका मुलुक भएको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्