२३ जेठ २०८३, शनिबार

कांग्रेस सर्लाहीको निर्वाचन स्थगित

फागुन २३, २०७८
कांग्रेस सर्लाहीको निर्वाचन स्थगित

नेपाली कांग्रेस सर्लाहीको निर्वाचन स्थगित भएको छ । 

सोमवारका लागि तय भएको निर्वाचन आन्तरिक विवादका कारण अनिश्चित समयका लागि स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ । 

विशेष परिस्थितिका कारण निर्वाचन गराउन नसकिएको भन्दै अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि निर्वाचन स्थगित गरिएको निर्वाचन अधिकृत नागेश्वरप्रसाद सिंहले जानकारी दिए ।

उनका अनुसार सोमवार बिहान ९ बजेदेखि शुरू हुने भनिएको निर्वाचन दिउँसो १ः१५ बजे सूचना टाँसेर स्थगित गरिएको हो ।

निर्वाचन स्थगित भएपछि मतदानस्थल पब्लिक माध्यमिक विद्यालय बाहिर कांग्रेसका स्थानीय नेता कार्यकर्ताले नाराबाजी गरेका थिए । 

सोमवार हुने भनिएको निर्वाचनका लागि सर्लाहीका २० स्थानीय निकायका २०० वडाबाट छानिएका क्षेत्रीय प्रतिनिधि मतदानस्थलमा पुगेका थिए । पदाधिकारी र सदस्य गरी ९३ जना चयन गर्न जिल्लामा ३ हजार २८७ जना क्षेत्रीय प्रतिनिधि अर्थात् मतदाता रहेका छन् । 

कांग्रेस सर्लाहीको सभापतिमा संस्थापन पक्ष अर्थात् सभापति शेरबहादुर देउवा पक्षबाट सुरेन्द्रप्रसाद सिंह र शेखर कोइराला पक्षबाट लक्ष्मण रायको प्यानल चुनावी मैदानमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्