काठमाडौं, २१ असार— असार १४ मा सम्पन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ । बुधबार राती ११ बजेसम्म ३१२ स्थानीय तहको निर्वाचनको नतिजा आइसकेको छ । जसमध्ये चासोका साथ हेरिएका ७ मध्ये तीन उपमहानगरपालिकाको पनि नतिजा आइसकेको छ । नतिजा अनुसार नेपालगन्जमा राप्रपा तथा घोराही र बुटबलमा एमाले विजयी भएको छ ।
गणना जारी ४ उपमहानगरमध्ये तीनमा एमालेकै अग्रता रहेको छ भने एकमा कांग्रेसको अग्रता रहेको छ । इटहरी, धरान र तुल्सीपुर उपमहानगरमा एमालेको अग्रता रहेको हो भने धनगढीमा कांग्रेसको अग्रता रहेको हो ।
यसैबीच विराटनगर महानगरपालिकाको मतगणना पछि जारी छ । पछिल्लो मतपरिणामअनुसार विराटनगरमा कांग्रेसको अग्रता रहेको छ ।
असार १४ गते प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहमा निर्वाचन भएको हो ।
मतपरिणाम हेर्नुहोस्
