२८ जेठ २०८३, बिहीबार

३१६ स्थानको मतपरिणाम आयोः १४१ स्थानीय तहको प्रमुख जित्दै एमाले पहिलो

कात्तिक २०, २०७४
३१६ स्थानको मतपरिणाम आयोः १४१ स्थानीय तहको प्रमुख जित्दै एमाले पहिलो

काठमाडौँ, २२ असार– दोस्रो चरणअन्तर्गत भएको निर्वाचनमा हालसम्म ३१६ स्थानीय तहको मतपरिणाम घोषणा भएको छ ।

सो निर्वाचन यही असार १४ गते तीनवटा प्रदेशअन्तर्गत ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि मतदान भएको थियो ।


निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी)का अनुसार हालसम्म २८ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य पूरा भएको छ । अहिले सात जिल्लाका १८ स्थानीय तहमा मतगणना जारी रहेको छ ।

झापाका ६ स्थानीय तह, मोरङका तीन, सुनसरी दुई, उदयपुर दुई, रुपन्देही दुई, कञ्चनपुर दुई र कैलालीको एक स्थानीय तहमा मतगणना कार्य जारी रहेको छ । पछिल्लो समय कुनै पनि स्थानीय तहको मतगणना कार्य स्थगित नरहेको केन्द्रले जनाएको छ ।

आज बिहान ८ः३० बजेसम्मको मतगणनाअनुसार नेकपा एमाले १४१, नेपाली काँग्रेस ११७, नेकपा माओवादी केन्द्र ३७, सङ्घीय समाजवादी फोरम ७, नेपाल लोकतान्त्रिक फोरम ६, राप्रपा ४, राष्ट्रिय जनमोर्चा २ र स्वतन्त्र उम्मेदवार २ स्थानमा स्थानीय तहको प्रमुख÷अध्यक्ष पदमा निर्वाचित भएको आयोगले जनाएको छ ।

दोस्रो चरणमा ३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधि चयन हुनेछन् । यस निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मत खसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्