१२ असार २०८३, शुक्रबार

सुनसरीका १० स्थानीय तहको परिणामः कांग्रेसलाई साख जोगाउन गाह्रो

कात्तिक २०, २०७४
सुनसरीका १० स्थानीय तहको परिणामः कांग्रेसलाई साख जोगाउन गाह्रो

इनरुवा, २२ असार– सुनसरीको १० वटा स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । यहाँका १२ स्थानीय तहमध्ये चार नगरपालिका र ६ गाउँपालिका गरी दश स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ भने दुई स्थानीय तहको मतपरिणाम सार्वजनिक गर्न बाँकी रहेको छ ।

सार्वजनिक गरिएको दशवटा स्थानीय तहको मतपरिणामअनुसार दुहवी नगरपालिकाको प्रमुखमा नेपाल लोकतान्त्रिक फोरमका बेदनारायण गच्छदार र उपप्रमुखमा सुनिता दाहाल निर्वाचित भएका छन् ।

त्यसैगरी, रामधुनी नपामा नेकाका जयप्रकाश चौधरी प्रमुखमा र नेकपा एमालेकी सविता चौधरी उपप्रमुखमा, इनरुवा नपामा नेकाका राजन मेहता प्रमुख र जमुनादेवी गौतम पोखरेल उपप्रमुखमा विजयी भएका छन् ।

त्यसैगरी, बराह नगरपालिकामा एमालेका निलम खनाल प्रमुखमा र एमालेकै कमला मगर उपप्रमुखमा विजयी भएका छन् । भोक्राहा गाउँपालिकामा सङ्घीय समाजवादी फोरम नेपालका महेन्द्रप्रसाद यादव अध्यक्षमा र पुनमकुमारी मेहता उपाध्यक्षमा, बर्जु गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरमका रघुनन्दन चौधरी अध्यक्षमा र सङ्गीताकुमारी राय उपाध्यक्षमा, हरिनगरा गापामा नेकाका गफार अन्सारी मियाँ अध्यक्षमा र रिमझिमकुमारी भगत उपाध्यक्षमा र गढी गापामा नेपाली काँग्रेसका श्रीप्रसाद यादव अध्यक्षमा र राजकुमारी चौधरी उपाध्यक्षमा निर्वाचित भएका छन् ।

कोसी गाउँपालिकामा नेकाका ऐयुव अन्सारी अध्यक्षमा र अनितादेवी यादव उपाध्यक्षमा तथा देवानगन्ज गापामा नेकाका लालीप्रसाद मेहता अध्यक्षमा र पुनीतादेवी यादव उपाध्यक्षमा निर्वाचित भएका छन् ।

यस जिल्लामा सार्वजनिक भएको मतपरिणामअनुसार नेकाका दुई नगर प्रमुख र चार गाउँपालिका अध्यक्षमा विजयी भएका छन् भने एमाले एक नगर प्रमुख र उपप्रमुखमा विजयी भएका छन् । नेकाले ६ स्थानमा र भोक्राहा गाउँपालिकामा सङ्घीय समाजवादी फोरम नेपालको अध्यक्ष तथा बर्जु गाउँपालिकाको अध्यक्ष र दुहवी नगरपालिकामा प्रमुख नेपाल लोकतान्त्रिक फोरमका तर्फबाट विजयी भएका छन् ।

त्यसैगरी, बराह नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेले विजय हासिल गरेको छ । यहाँका ६ स्थानमा नेका, दुई स्थानमा नेपाल लोकतान्त्रिक फोरम, एक स्थानमा सङ्घीय समाजवादी फोरम नेपाल र एक स्थानमा नेकपा एमाले अध्यक्ष र प्रमुख विजयी भएका छन् ।

यसैबीच, धरान उपमहानगरपालिका र इटहरी उपमहानगरपालिकामा एमालेको अग्रता रहेको छ । धरानमा दुई दिनदेखि मतणना अवरोध रहेको छ । उता प्रमुखको मतगणना सम्पन्न नभए पनि विभिन्न वडामा भने वडाध्यक्षको परिणाम आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्