काठमाडौं, २२ असार– ३ सय ३४ स्थानीय तहमा सम्पन्न दोस्रो चरणको चुनावको मतपरिणाम आउने क्रम जारी छ । अधिकांश जसो स्थानमा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ ।

अब १७ स्थानीय निकायको मात्र नतिजा सर्वाजनिक हुन बाँकि छ । अहिलेसम्मको मतपरिणाम अनुसार नेकपा एमाले १ सय ४२ स्थानमा जीत हात पार्दै शीर्ष स्थानमा छ ।
दोस्रो स्थामा रहेको नेपाली कांग्रेसले १ सय १७ स्थानमा जीत हात पारेको छ भने ३७ स्थानमा जित हात पार्दै माओवादी केन्द्र तेस्रो स्थानमा छ ।
तेस्तै संघीय समाजवादी फोरमले ७ स्थानीय तहमा जीत हात पार्दा लोकतान्त्रिक फोरमले ६ स्थानीय तहमा जीत हात पारेको छ । यस्तै राप्रपाले ४ स्थानीय तहमा जीत हात पार्दा राष्ट्रिय जनमोर्चाले दुई स्थानीय तहमा जीत हात पारको छ भने दुई स्थानमा स्वतन्त्र उम्मेदवारले जीत हात पारेका छन् ।
पछिल्लो विवरण अनुसार मतगणना जारी १७ स्थनीय तहमा नेकपा एमालेले अग्रता बनाएको छ । उसले ९ स्थानीय तहमा अग्रता बनाउँदा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ५ स्थानीय तहमा अग्रता बनाएको छ भने माओवादी केन्द्रले १ स्थानीय तहमा अग्रता बनाइरहेको छ ।
नेकपा एमालेले झापाका दमक नगरपालिका, शिवसताक्षी नगरपालिका, अर्जुनधारा नगरपालिका, मेचीनगर नगरपालिकामा अग्रता बनाएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका र धरान उपमहानगरपालिकामा एमालेले अग्रता बनाएको छ । त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका, मोरङको धनपालथान गाउपालिका, सुनसरीको धरान उपमहानगरपालिका र कञ्चनपुरको पुनर्वास नगरपालिकामा अग्रता बनाएको छ ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले मोरङको विराटनगर महानगरपालिका, कैलालीको धनगढी उपमहानगरपालिका, कञ्चनपुरको भीमदत्त नगरपालिका, उदयपुरको वेलका नगरपालिका तथा झापाको बुद्धशान्ति गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता बनाएको छ ।
माओवादी केन्द्रले मोरङको रंगेली नगरपालिकामा अग्रता बनाएको छ ।