
भारतको उत्तर प्रदेशमा विधानसभा चुनावअन्तर्गत मतदान भइसकेको छ ।
चुनावका उम्मेदवारको भाग्य विद्युतीय मतदान उपकरण (इलेक्ट्रोनिक भोटिङ मशिन) मा कैद भइसकेको छ ।
निर्वाचन आयोगले बिहीवार मतगणना गर्दैछ । मतदान भइसकेर जनमत मशिनमा कैद भएका बेला समाजवादी पार्टी (सपा) कार्यकर्ताले भोटिङ मशिनको सुरक्षाका लागि भजनकीर्तन गरेका छन् ।
उत्तर प्रदेशको कानपुरमा पार्टी प्रमुख अखिलेश यादवको निर्देशनमा कार्यकर्ताले भोटिङ मशिन राखिएका ठाउँमा भजनकीर्तन गरिरहेका छन् ।
सपा कार्यकर्ताले भजनकीर्तन सँगसँगै नृत्य समेत गरिरहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भजनकीर्तनले निद्रा नलागोस् र मशिनको सुरक्षा गर्न सकियोस् भनेर उपाय निकालिएको छ ।