२४ जेठ २०८३, आइतबार

कोइराला समूहका उम्मेदवारद्वारा निधि समूहका उम्मेदवारलाई समर्थन

फागुन २५, २०७८
कोइराला समूहका उम्मेदवारद्वारा निधि समूहका उम्मेदवारलाई समर्थन

नेपाली काँग्रेस धनुषाको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा शेखर कोइराला समूहका उम्मेदवार दिनेश प्रसैला यादवले विमलेन्द्र निधि समूहका उम्मेदवार योगेन्द्र पजियारलाई समर्थन गरेका छन् । पहिलो चरणको निर्वाचनमा तीन उम्मेदवार मध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि हुन लागेको दोस्रो चरणको निर्वाचनमा कोइराला र निधि पक्ष मिलेका हुन् । निधि पक्षका नेता रामसराेज यादवले  दिनेश प्रसैला यादवले ​पजियारलाई समर्थन ​गर्ने सहमति भएको लाेकान्तरलाई जानकारी दिए ।

दोस्रो चरणको निर्वाचनमा देउवा पक्ष र कोइराला–निधि पक्षबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । पहिलो चरणको निर्वाचनको मतपरिणामअनुसार शेरबहादुर देउवा  पक्षका उम्मेदवार सन्तोष यादव दोस्रो स्थानमा थिए । 

दोस्रो चरणको निर्वाचन बिहीबार हुनेछ । 

 तीन उम्मेदवारमध्ये पहिलो चरणको निर्वाचनमा निधि निकट योगेन्द्र पजियारले सर्वाधिक मत १ हजार २४८ पाएका थिए ।  यस्तै देउवा पक्षका सन्तोषकुमार यादवले ८८३ र कोइराला समूहका दिनेशप्रसाद प्रसैला यादवले ६३० मत ल्याएका थिए । 
 कुल मत २ हजार ९१२ मत खसेकामा १५१ मत बदर भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्