१० साउन २०८३, आइतबार

बरियतामा कुशल भुर्तेलले गरे दुई स्थान सुधार

फागुन २६, २०७८
बरियतामा कुशल भुर्तेलले गरे दुई स्थान सुधार

क्रकेटर कुशल भुर्तेलको आईसीसी वरियतामा सुधार आएको छ । नेपाली राष्ट्रिय टोलीका ओपनर ब्याट्सम्यान उनले आईसीसी टी–२० ब्याटिङ वरीयतामा दुई स्थान सुधार गरेका हुन् । 

आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा कुशल २९औं स्थानमा उक्लिएका हुन् । यसअघि पछिल्लो हप्ता उनी वरीयताको ३१औं स्थानमा थिए ।

यसैगरी दीपेन्द्रसिंह ऐरीको भने वरीयता एक स्थान खस्किएको छ । पछिल्लो हप्ता वरीयताको ५०औं स्थानमा रहेका दीपेन्द्र ५१औं स्थानमा झरेका छन् । 
 वरीयताको शीर्ष र दोस्रो स्थानमा पाकिस्तानी ब्याटरद्वय बाबर आजम र मोहम्मद रिजवान छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्