
नेपाली कांग्रेस लुम्बिनी प्रदेशको कोषाध्यक्षमा प्रकाश राना मनोनित भएका छन् ।
कांग्रेस लुम्बिनी प्रदेश समितिको बैठकले रानालाई कोषाध्यक्षमा मनोनित गर्ने निर्णय गरेको हो । राना संस्थापन इतरका नेता हुन् ।
बैठकमा प्रदेश सभापति अमरसिंह पुनले रानालाई कोषाध्यक्षमा मनोनित गर्ने प्रस्ताव गरेका थिए । उनको प्रस्ताव बैठकले पारित गरेको उपसभापति राजु खनालले जानकारी दिए ।
विधानमा कार्यसमिति सदस्य पदमा निर्वाचित १ जनालाई कोषाध्यक्ष पदमा सभापतिले मनोनित गर्ने व्यवस्था छ ।
बैठकले लुम्बिनी प्रदेशका ५२ वटा निर्वाचन क्षेत्रमा केन्द्रसँग समन्वय गरी प्रतिनिधि खटाउने निर्णय पनि गरेको छ ।