
भारतको राजनीतिमा अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप) ले राजधानी नयाँदिल्लीबाट उदय शुरू गरेको हो । आपको उदय अब पञ्जाबसम्म फैलिएको छ ।
पञ्जाब विधानसभा चुनावको प्रारम्भिक मतगणनामा आप प्रचण्ड बहुमतका साथ अगाडि देखिएको छ ।
कूल ११७ सिटमध्ये १०८ सिटको प्रारम्भिक नतिजा आउँदा ७७ सिटमा आप अगाडि देखिएको छ भने भारतीय कांग्रेस १८ सिटमा मात्रै अगाडि देखिएको छ । हाल पञ्जाबमा भारतीय कांग्रेसको सरकार छ ।
यस्तै, भारतको उत्तर प्रदेशका कूल ४०३ सिटमा भएको चुनावमध्ये २४२ सिटको प्रारम्भिक मतगणनाको नतिजा सार्वजनिक भएको छ । जसमा भारतीय जनता पार्टी (भाजपा) १६३ सिटमा अगाडि देखिएको छ भने समाजवादी पार्टी (सपा) ७५ सिटमा अगाडि छ ।
विधानसभा चुनाव भएका उत्तराखण्डमा समेत भाजपा अगाडि देखिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।