१८ असार २०८३, बिहीबार
बस दुर्घटना

१४ जनाको शव संकलन भयो, ५ घाइतेलाई उपचारका लागि पठायौं- वडाध्यक्ष तामाङ

फागुन २६, २०७८
१४ जनाको शव संकलन भयो, ५ घाइतेलाई उपचारका लागि पठायौं- वडाध्यक्ष तामाङ

संखुवासभाको मादी नगरपालिकामा बिहीवार भएको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।

संखुवासभाबाट झापाको दमक जाँदै गरेको बस मादी नगरपालिका-६ सातघुम्ती भन्ने ठाउँमा दुर्घटना भएको हो । घटनामा मृत्यु हुने अधिकांश मादी नगरपालिकाका रहेको दुर्घटना भएको मादी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष धननारायण तामाङले लोकान्तरलाई जानकारी दिए । 

‘दुर्घटनामा मृत्यु भएका १४ जनालाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ, घाइते ५ जना मध्ये २ जनाको अवस्था गम्भीर छ,’ तामाङले भने, ‘बाटो पक्की भए पनि घटनास्थल भएको ठाउँ घुम्ती नै घुम्ती छ, कसरी दुर्घटना भयो भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ ।’

घटनास्थलमा रहेका वडाध्यक्ष तामाङले बस सडकबाट २०० मिटर तल खसेको जानकारी दिए । संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले पनि दुर्घटनामा १४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्