२३ असार २०८३, मंगलबार

दक्षिण कोरियामा विपक्षी नेता यून सुक इयोल राष्ट्रपति निर्वाचित

फागुन २६, २०७८
दक्षिण कोरियामा विपक्षी नेता यून सुक इयोल राष्ट्रपति निर्वाचित

यून सुन इयोल दक्षिण कोरियाका नयाँ राष्ट्रपति निर्वाचित भएका छन् । 

बुधवार भएको राष्ट्रपति पदको चुनावमा यून विजयी भएका हुन् । 

उदारवादी सत्तारूढ दलका उम्मेदवार ली जे–म्युङले हार स्वीकार गरिसकेका छन् । 

यून र लीबीच कठा प्रतिस्पर्धा भएको थियो । 

यून कन्जर्भेटिभ नेता हुन् र उनी नारीवादका कट्टर विरोधी हुन् । 

अमेरिकासँग निकट र चीनसँग चिसो सम्बन्ध राख्ने नीति यूनको हुनेछ । 

मे महिनामा यूनले संसारको १०औं ठूलो अर्थतन्त्र दक्षिण कोरियाको राष्ट्रपतिका रूपमा पाँच वर्षको कार्यकाल चलाउनेछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्