२५ जेठ २०८३, सोमबार
गठबन्धनको बचाउमा देउवा

चुनावमा गठबन्धन हुने संकेत गर्दै देउवाले भने- एक्लै चुनाव लड्दा कांग्रेसको हालत के थियो ?

फागुन २६, २०७८
चुनावमा गठबन्धन हुने संकेत गर्दै देउवाले भने- एक्लै चुनाव लड्दा कांग्रेसको हालत के थियो ?

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनलाई चुनावसम्म लैजान सक्ने संकेत गरेका छन् । 

बिहीवार वीरगञ्जमा कांग्रेस पर्साका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई तथा प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तहदेखि संघीय चुनावसम्म गठबन्धन गर्ने विषयमा छलफल हुने बताएका हुन् । 

‘हामीले सबैको सहयोग लिएर अगाडि बढ्नुपर्छ, एक्लै चुनाव लड्दाको अवस्था के थियो ?,’ उनले भने, ‘एक्लै बहुमत ल्याउन सकिँदैन कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने अवस्था छ ।’

उनले गठबन्धनकै सहयोगमा कांग्रेसको सरकार र आफू प्रधानमन्त्री बनेको भन्दै गठबन्धनलाई एक साथ लानु लोकतन्त्र र स्वयं पार्टीका लागि पनि ठिक भएको उल्लेख गरे । 

‘गठबन्धनका साथीहरूलाई बोलीव्यहारबाट कुनै पनि किसिमको हानि तथा चिढ्याउने काम नगरौं,’ उनले भने, ‘आगामी सरकार पनि बनाउनुपर्ने हुन सक्छ ।’

केही ठाउँमा भएका समस्यालाई छलफल गरेर टुंग्याउँदै जानुपर्ने उनको भनाइ छ । 

यस्तै उनले एमसीसी ऋण नभई अनुदान भएकाले नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान हुने बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्