
नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा सातै प्रदेशमा पर्यटन प्रोडक्ट प्याकेजिङ र डिजिटल तालिम दिने भएको छ ।
भैरहवाबाट शुरू गरेको बोर्डले यस्तो तालिम इलाममा पनि इलाम नगरपालिकासँगको सहकार्यमा भएको बोर्डले जानकारी दिएको छ ।
बोर्डले २६ फागुनबाट १ नम्बर प्रदेशका ८ जिल्लाका २५ व्यवसायीहरूको सहभागितामा तालिम उक्त शुरु गरको जनाकारी दिएको छ ।
तालिम डिजिटल माध्यमबाट व्यवसायको प्रवद्र्धन गर्ने, प्रदेशमा रहेका विभिन्न पर्यटन गन्तव्य, आकर्षणहरूलाई सही ढंगले प्याकेजिङ गर्न सिकाउने गरी तयारी गरिएको छ ।
सैद्धान्तिकसहित व्यवहारिक ज्ञान उपलब्ध गराउने हेतुले बोर्डले स्थानिय निकाय, विज्ञ, पर्यटन व्यवसायीहरूसँग निरन्तर सहकार्य गरिरहेको छ ।
तालिम २०७८ फागुन २७ मा समापन हुनेछ । तालिमको दौरान कम्तीमा प्रदेशका ५० स्थानलाई म्यापमा समावेश गर्ने, फोटोसहित विवरणलाई अद्यावधिकसमेत गरिने बोर्ड जारी गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख छ ।
आन्तरिक तथा बाह्य पर्यटकको आवागमन सुचारु हुँदै गएको हालको अवस्थामा यस्ता तालिमले दक्ष जनशक्ति तयार गर्न, लुकेका सम्भावना बोकेका क्षेत्रहरूको डिजिटल पहुँच बढाउन, स्थानीयलाई डिजिटल माध्यमबाट जोडिन सघाउने विश्वास नेपाल पर्यटन बोर्डको रहेको छ ।
यसअघि २०७८ फागुन २०–२२ मा भैरहवामा लुम्बिनी प्रदेशका ४० व्यवसायीहरूलाई प्रोडक्ट प्याकेजिङ र डिजिटल तालिम दिइएको थियो ।