३१ जेठ २०८३, आइतबार

सानो दललाई साथ लिएर गोवामा पुनः सरकार बनाउने सुरमा भाजपा

फागुन २६, २०७८
सानो दललाई साथ लिएर गोवामा पुनः सरकार बनाउने सुरमा भाजपा

भारतको गोवा राज्यमा भएको विधानसभा निर्वाचनमा सत्तारूढ भारतीय जनता पार्टीले सबभन्दा बढी सीट जित्ने देखिएको छ । 

मतगणनाको रुझान हेर्दा भाजपा १९ सीटमा अघि छ । 

सांकेलिम सीटमा मुख्यमन्त्री प्रमोद सावन्तको जीत भइसकेको छ । 

आफूहरूले महाराष्ट्रवादी गोमान्तक पार्टीसँग मिलेर सरकार बनाउन लागेको सावन्तले बताए । 

उनले आजै राज्यपाल पीएस श्रधिरन पिल्लैलाई भेटेर सरकार बनाउने दाबी गर्ने बताएका छन् । 

कांग्रेस १२, एमजीपी तीन र आम आदमी पार्टीले दुई सीटमा अग्रता कायम गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्