२२ असार २०८३, सोमबार

के हो हुन्डाईको ‘बेस्ट बाई’ योजना ?

फागुन २६, २०७८
के हो हुन्डाईको ‘बेस्ट बाई’ योजना ?

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई बेस्ट बाई’ योजना ल्याएको छ । यो योजना नेपालभर लागू हुनेछ । 

यस योजनामार्फत ग्राहकहरूले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटका साथै विभिन्न सुविधाहरू प्राप्त गर्ने अवसर पाउने कम्पनीले जनाएको छ । 

यो योजना मार्फत ग्राहकले ५० हजार रूपैयाँसम्मको बेस्ट बाई बोनस बोनस, एक वर्षको निःशुल्क बृहत बीमा तथा सडक कर ३० हजारसम्मको एक्सचेन्ज बोनस, चार लाखसम्मको आकर्षक नगद छुटका साथै स्पट एक्सचेन्ज र भ्यालुएसन पनि पाउन सक्नेछन् । हरेक हुन्डाई गाडीमा ६ वर्षको निःशुल्क सेवा र ३ वर्षको वारेन्टी रहेको कम्पनीको भनाइ छ । 

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्ना ग्राहकहरूलाई विभिन्न उपहार र फाइदाहरू प्रदान गर्न सधैं नयाँ र नवीन योजनाहरू ल्याउँदै आएको छ । नया बेस्ट बाई योजनाले ग्राहकहरूलार्ई आकर्षित गर्ने कम्पनीले जनाएको छ । 

यो योजना २०७८ चैत १९ सम्म लागू हुनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्