
निर्वाचन आयोगले गणकलाई सहज होस् भनेर मतपत्र हरियो रङको बनाउने निर्णय गरेको प्रष्ट पारेको छ ।
बिहीवार भएको पत्रकार सम्मेलनमा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले गणकलाई अन्य रङ राख्दा अप्ठ्यारो हुने भएपछि मतपत्रको रङ हरियो बनाइएको बताएका हुन् ।
'भोलि गणना गर्न सजिलो होस् भनेर आयोगले आफ्नो क्षेत्राधिकारभित्र रहेको हुनाले उक्त निर्णय गरेको हो,' आर्यालले भने, 'बाहिर उक्त निर्णयलाई लिएर भएको आलोचना विषयमा आयोगसम्म उजुरी वा गुनासो आइपुगेको छैन, आए आयोगले त्यसमा पनि निर्णय गर्ने नै छ ।'