पञ्जाबको विधानसभा निर्वाचनको परिणाम आइरहेको छ ।
आम आदमी पार्टीले पप्रचण्ड बहुमत ल्याउने सम्भावना देखिएको छ । उसको जति सीट कांग्रेस, अकाली दल र भाजपा मिल्दा समेत आपको एक चौथाइ सीट नल्याउने देखिएको छ ।
आपका मुख्यमन्त्री उम्मेदवार भगवन्त मानले ४५ हजार भोटका साथ कीर्तिमान जीत हासिल गरेको छ ।
बहालवाला मुख्यमन्त्री चरणजीत सिंह चन्नी दुवै सीटमा हारेका छन् । दुवै सीटमा उनलाई आपका उम्मेदवारले हराए ।
प्रचण्ड बहुमत हासिल गरेपछि आपका प्रमुख अरविन्द केजरीवालले पञ्जाबका जनतालाई धन्यवाद दिए । उनले भने, ‘पञ्जाबमा अनेकौं षड्यन्त्र गरिएको थियो । सबैजना मिलेर केजरीवाल आतंकवादी हो समेत भने । यस परिणाममार्फत जनताले केजरीवाल आतंकवादी नभएको, देशको सच्चा सपूत भएको बताइदिएका छन् ।’