३१ जेठ २०८३, आइतबार

अब कनेक्ट आईपीएसबाटै २ अर्बसम्मको सरकारी राजस्व भुक्तानी गर्न सकिने

फागुन २६, २०७८
अब कनेक्ट आईपीएसबाटै २ अर्बसम्मको सरकारी राजस्व भुक्तानी गर्न सकिने

नेपाल क्लियरिङ्ग हाउसद्वारा सञ्चालन गर्दै आएको एनसीएचएल बैंक सेन्ट्रल तथा कर्पोरेटपे प्रणाली मार्फत् गरिने सरकारी राजस्व भुक्तानी सम्बन्धी अन अस(पठाउने र पाउने बैंक /वित्तीय संस्था एउटै रहेको खण्डमा) भुक्तानीको प्रति कारोवार सीमा बृद्घि गरिएको छ ।

विभिन्न सरकारी निकाय तथा बैंक वित्तीय संस्थाको समन्वय एवम् नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात कारोबार सीमा बृद्धि गरिएकोमा अब बैंक/वित्तीय संस्थाका ग्राहकहरुले सरकारी राजस्व भुक्तानी गर्दा एनसीएचएल बैंक सेन्ट्रल मार्फत अन–असमा रु २ अर्ब सम्म, र कर्पोरेट पेमार्फत पब्लिक नेटवर्कबाट अन–असमा रु १ करोड र प्राइभेट नेटवर्कबाट अन–असमा रु ५ करोड सम्म गर्न सक्नेछन् । 

वृद्धि गरिएको प्रति कारोबार सीमा पठाउने र पाउने बैंक /वित्तीय संस्था एउटै रहेको खण्डमा लागू हुनेछ भने पाउने र पठाउने बैंक/वित्तीय संस्था फरक रहेको खण्डमा हाल कायम रहेको नन रियल टाइम भुक्तानी रु ३० करोड सम्म र रियल टाइम भुक्तानी रु २० लाख सम्म नै लागू हुनेछ ।  

थप गरिएको कारोबार सीमाले नेपाल सरकारको डिजिटल माध्यमबाट राजस्व संकलन गर्ने पहललाई थप टेवा पुग्ने अपेक्षा गरिएको छ । 

विशेषत नेपाल सरकार अन्तरिक राजस्व विभाग, भन्सार विभाग जस्ता ठूला रकम भुक्तानी गर्नुपर्ने निकायहरुका लागी यो सुविधा थप प्रभावकारी हुने बताइएको छ  ।

चालू आर्थिक वर्षको फाल्गुन महिनाको मध्यसम्म एनसीएचएल मार्फत रु ३४ अर्ब बराबरको राजस्व संकलन भइसकेको कम्पनीले जनाएको छ ।   
 

salt training

कमेन्ट गर्नुहोस्