२३ जेठ २०८३, शनिबार

किशोर नै लागुऔषध ओसारपसारमा

फागुन २६, २०७८
किशोर नै लागुऔषध ओसारपसारमा

एक १७ वर्षका किशोर (बालक) लागुऔषध ओसारपसारमा संलग्न भएको पाइएको छ ।

काठमाडौँ चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गामा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बा४ख ५०१६ नम्बरको बसमा जाँच गर्ने क्रममा आज एक हजार २०० एम्पुल लागुऔषधसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    उनका साथबाट नियन्त्रित लागुऔषध ४०० एम्पुल डाइजेपाम, ४०० एम्पुल फेनारगन र ४०० एम्पुल नुर्फिन बरामद गरिएको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका–२० बस्ने उनलाई कसैले लागुऔषध बोकाएर पठाएको अनुमान गरिए पनि कारण भने खुलेको छैन । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्