२२ जेठ २०८३, शुक्रबार

संखुवासभा दुर्घटनाका घाइतेलाई उचित उपचारको प्रबन्ध गर्न प्रधानमन्त्रीको निर्देशन

फागुन २६, २०७८
संखुवासभा दुर्घटनाका घाइतेलाई उचित उपचारको प्रबन्ध गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले संखुवासभा बस दुर्घटनामा घाइते भएकाहरुको उचित उपचारको प्रवन्ध गर्न सम्वन्धित निकायलाई निर्देशन दिएका छन् । बिहीबार ट्वीटरमार्फत प्रधानमन्त्री देउवाले घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेक छन् ।

  ‘संखुवासभाको मादीमा भएको बस दुर्घटनाले मर्माहत भएको छु। दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दछु। दुर्घटनामा घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उचित उपचारको प्रवन्ध गर्न सम्वन्धित निकायलाई निर्देशन दिएको छु’, देउवाले ट्वीटरमा भनेका छन् । 
मादीमा भएको बस दुर्घटनामा १५ जनाले ज्यान गुमाएका छन् भने ५ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ। 

salt training

कमेन्ट गर्नुहोस्