विराटनगर, २२ असार– विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसको अग्रता कायमै छ ।
प्राप्त मतपरिणामअनुसार प्रमुख पदमा नेपाली काँग्रेसका भीम पराजुलीले १३ हजार ९६१, नेकपा एमालेका विनोद ढकालले ९ हजार ९९७ र सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले ९ हजार ६१४ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, उपप्रमुखमा काँग्रेसकी इन्दिरा कार्कीले १० हजार ७७८, नेकपा माओवादी केन्द्रकी नमिता न्योपानेले ६ हजार ३७९ र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले ५ हजार ७२७ मत प्राप्त गरेकी छन् ।
सो महानगरपालिकाको १९ वटा वडामध्ये १, २, ३, ४, ५, १५, १६, १७, १८ र १९ गरी १० वटा वडाको मतगणना सम्पन्न भएको छ भने वडा नं ६ र १४ को मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।