०६ असार २०८३, शनिबार

केराउ, सुपारी र मरीचको आयात खुला गरियो

फागुन २७, २०७८
केराउ, सुपारी र मरीचको आयात खुला गरियो

लामो समयदेखि प्रतिबन्ध लगाइएको केराउ, सुपारी र मरीचको आयात खुला गरिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आव २०७०–७९ का लागि तो वस्तुको आयात अनुमति प्रदान गर्न स्वीकृति दिनेगरी सरकारले निर्णय गरेको जनाएको छ। 
यससम्बन्धी अनुमति दिदै बिहीबार राजपत्रमा सूचना प्रकाशन भएको छ। औद्योगिक प्रयोजनका लागि सम्बन्धित उद्योग आफैले केराउ, सुपारी र मरीचको आयात गर्न सक्ने व्यवस्था गरी उद्योग, वाणिज्य, आपूर्ति तथा  उपभोक्ता संरक्षण विभागले अनुमति दिन स्वीकृति प्रदान गरिएको राजपत्रमा उल्लेख छ।

यसअघि २०७६ चैत २४ गते राजपत्रमा नै सूचना प्रकाशित गरेर ती वस्तुको पैठारीमा बन्देज लगाइएको थियो । पुनः २०७७ चैत ९ गते अर्को सूचना प्रकाशित गरेर केराउमा ८० हजार मेट्रिक टन, सुपारीमा २५ हजार मेट्रिक टन। छोकडा पाँच हजार मेट्रिक टन र नधुल्याएको मरीचमा १५ हजार मेट्रिक टनको परिमाणात्मक बन्देज लगाएको थियो।

यसअघि विदेशी मुद्दा सञ्चितिमा परेको चापलाई समेत दृष्टिगत गरेर आयातलाई निरुत्साहित गर्न खोजिएको थियो । अहिले फेरि परिमाणात्मक बन्देज लगाउन उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता हरि पङ्गेनीले बताए । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्