२२ जेठ २०८३, शुक्रबार

भारतीय सीमामा चिनियाँ सेनाले गर्‍यो युद्धअभ्यास, के युद्ध हुन लागेको हो ?

कात्तिक २०, २०७४
भारतीय सीमामा चिनियाँ सेनाले गर्‍यो युद्धअभ्यास, के युद्ध हुन लागेको हो ?

काठमाडौं, २३ असार — भारतको सिक्किम सिमानामा भारत र चीनका बीच विवाद चलिरहेको छ । दुवै पक्षले एकअर्काविरुद्ध बयान दिइरहेका छन् ।


यसैबीच चीनको सरकारी अखबार ग्लोबल टाइम्सले डोकलाममा बढेको तनावका कारण चिनियाँ सेनाले समुद्री सतहभन्दा ५१ सय मिटरको उचाइँमा सैन्य अभ्यास गरिरहेको बताएको छ ।

रिपोर्ट अनुसार यो सैन्य अभ्यासमा पिपुल्स लिबरेसन आर्मीका सबभन्दा उम्दा युद्धट्यांक ९६बी पनि थिए ।

युद्धअभ्यास कहिले गरेको ग्लोबल टाइम्सले खुलाएको छैन । तर बिहीवार एक खबरमा यसको संकेत गरिएको थियो । उक्त खबरमा सैन्य शक्तिको भ्रम नपाल्न भारतलाई चेतावनी दिइएको थियो ।

चिनियाँ सेनाका रिटायर्ड जनरल झु हेपिङले भारत कहिलेपनि डोकलाममा सडक निर्माण रोक्न सफल नहुने बताए । यही सडक निर्माणको विषयले अहिले दुई देशबीच तनाव बढाएको हो ।

झुका अनुसार भारतको हस्तक्षेपले उसको चीन नीति प्रस्ट पारेको छ । ‘केही सैन्य गाडी र सैनिकहरूलाई सीमामा तैनाथ गर्दैमा भारतले चीनलाई सडक बनाउनबाट रोक्न सक्ने भ्रम पालेको छ ?’ झुले भने ।

चिनियाँ सेना झन् झन् बलियो हुँदै गएको र भारतीय सेनाले उसको सामना गर्नै नसक्ने झुको धारणा छ । भारतले जतिसुकै उत्तेजना देखाएपनि केही असर पार्न नसक्ने उनी बताउँछन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्