२६ जेठ २०८३, मंगलबार

रुस र युक्रेनबीच युद्ध हुँदा अमेरिकाको हतियार उद्योगलाई फाइदा

फागुन २७, २०७८
रुस र युक्रेनबीच युद्ध हुँदा अमेरिकाको हतियार उद्योगलाई फाइदा

रुस र युक्रेनबीच विगत १६ दिनदेखि युद्ध चलिरहेको छ । 

यस युद्धले अमेरिका, चीन र अन्य कतिपय देशलाई फाइदा पुगिरहेको छ । 

एसिया टाइम्समा छापिएको खबरअनुसार, यस युद्धका कारण रक्षा क्षेत्रमा व्यापक स्तरमा खर्च बढाउन थालिएको छ । 

युरोपेली संघले ४५ करोड युरोबराबरको हतियार किनेर युक्रेनलाई दिने बताएको छ । त्यसैगरी अमेरिकाले ३५ करोड डलर अतिरिक्त सैन्य सहायता युक्रेनलाई उपलब्ध गराउने भएको छ । 

अमेरिका र नेटो मुलुकहरूले १७ हजार एन्टी ट्यांक हतियार र दुई हजार स्टिंगर एन्टी एयरक्राफ्ट क्षेप्यास्त्र युक्रेन पठाउने भएका छन् । 

यसले गर्दा हतियार निर्माता कम्पनीहरूलाई फाइदा पुगिरहेको छ । अमेरिकी कम्पनी रेथियोनले स्टिंगर क्षेप्यास्त्र बनाउँछ । उसले लकहीड मार्टिनसँग मिलेर जेभलिन एन्टी ट्यांक क्षेप्यास्त्र पनि बनाउने गरेको छ । त्यो हतियार अमेरिका र नेटो मुलुकले युक्रेनलाई उपलब्ध गराएका छन् । 

युद्ध शुरू भएपछि लकहीड र रेथियोनको शेयर बढेको छ । बेलायतको बीएई सिस्टम नामक हतियार कम्पनीको शेयर पनि बढेको छ । 

यूएईमा ड्रोन आक्रमण र दक्षिण चीन सागरमा तनावको स्थितिमा रक्षा खर्च बढ्ने भनेर रेथियोनले त्यसअनुसारको तयारी गरिरहेको छ । 

युक्रेन युद्ध शुरू भएपछि जर्मनी र डेनमार्क दुवैले रषा बजेट बढाउने घोषणा गरेका छन् ।

पश्चिमी मुलुकहरूले लगाएको प्रतिबन्धका कारण रुसको रक्षा उद्योगलाई घाटा लाग्न सक्छ । रुससँग सिधै हतियार किन्नेहरू अमेरिकाको शत्रुको सूचीमा पर्नेछन् । रुससँग हतियार खरिद घटाउन अमेरिकाले भारतलाई पनि दबाब दिइरहेको छ ।

प्रतिबन्धका कारण रुसले हतियार बनाउन कच्चा पदार्थ खोज्न पनि समस्या पर्न सक्छ । 

रुसी हतियारको कमीका कारण हतियार बजारमा अमेरिका र पश्चिमी मुलुकहरूको कब्जा बढ्न सक्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्