३० असार २०८३, मंगलबार

स्वयंसेवीलाई युक्रेनमा युद्ध लड्न पुटिनले दिए स्वीकृति

फागुन २७, २०७८
स्वयंसेवीलाई युक्रेनमा युद्ध लड्न पुटिनले दिए स्वीकृति

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सेनाविरुद्ध लड्नका लागि स्वयंसेवीहरू पठाउन अधिकारीहरूलाई स्वीकृति दिएका छन् । 

रुसको सुरक्षा परिषद् बैठकमा बोल्दै उनले रुससमर्थक बलहरूसँग लड्न चाहनेलाई त्यसको अनुमति दिनुपर्ने बताए । 

रुसका रक्षामन्त्री मध्यपूर्वमा १६ हजार स्वयंसेवीहरू रुससमर्थक बलहरूसँग मिलेर लड्न तयार रहेको बताए । 

शहरी युद्धमा पोख्त सिरियालीहरू पनि यस्ता स्वयंसेवीमा पर्न सक्ने अमेरिकी अधिकारीहरूको कथन छ । 

रुसले लामो समयदेखि सिरियालाई सहायता दिँदै आएको छ । सिरियाको गृहयुद्धमा रुसले राष्ट्रपति बशर अल असदलाई साथ दिँदै आएको छ । 

शोइगुले कब्जामा लिइएका पश्चिमी एन्टी ट्यांक क्षेप्यास्त्रहरू डोनबास क्षेत्रका रुससमर्थक विद्रोही लडाकूहरूलाई उपलब्ध गराउने प्रताव राखे ।

पुटिनले तत्कालै त्यसमा सहमति जनाए । 

युक्रेनमा रुसी सुरक्षाबलहरूले नयाँ लक्ष्यहरूमा आक्रमण थालेकै समयमा रुसको सुरक्षा परिषद् बैठक बसेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्