×

NMB BANK
NIC ASIA

विदेशी मुद्रा सञ्चितिमा ८ अर्बको सुधार, यस्तो छ मुलुकको अर्थ चित्र

फागुन २७, २०७८

NTC
Premier Steels

चालू आर्थिक वर्ष लागेदेखि लगातार घट्दै गएको विदेशी विनिमय सञ्चिति माघ महिनामा भने ८ अर्बले सुधार भएको छ । 

Muktinath Bank

चालु आर्थिक वर्षको ७ महिनामा १६.२ प्रतिशतले घटेको भए पनि चालु आवको ६ महिनाको तुलनामा सातौँ महिनामा भने झिनो अंकले सुधार देखिएको छ । आयातमा नियन्त्रण गरिएका कारण विदेशी सञ्चितिमा सुधार देखिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुसमा ११ खर्ब ६५ अर्ब रूपैयाँ मात्रै रहेको यस्तो रकम माघमा भने ११ खर्ब ७३ अर्ब पुगेको छ ।  


Advertisment
Nabil box
Kumari

नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार असार महिनामा १३ खर्ब ९९ अर्ब ३ करोड रूपैयाँ रहेको विदेशी विनिमय सञ्चिति माघमा आइपुग्दा १६ प्रतिशतले घटेको भए पनि पछिल्लो एक महिनामा भने सुधार आएको देखिएको छ ।

Vianet communication

अमेरिकी डलरमा यस्तो विदेशी मुद्रा सञ्चिति १७ प्रतिशतले घटेको छ । चालू आवको ७ महिनामा ९ अर्ब ७५ करोड डलर विदेशी विनिमय सञ्चिति रहेको छ । यस्तो रकम असार मसान्तमा ११ अर्ब ७५ करोड डलर रहेको थियो ।

७ महिनामा नेपालमा ५ खर्ब ४० अर्ब १२ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले घटेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले कमी आई ४ अर्ब ५३ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले बढेको थियो ।

माघ महिनामा महँगीदर ५.९७ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा जम्मा २.७० प्रतिशत मुद्रास्फीति दर रहेको थियो । यो अवधिमा सबैभन्दा बढी महँगी घ्यु तेलमा छ । यी वस्तुमा २०.६८ प्रतिशत मूल्यवृद्धि रहेको छ । 

यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १२.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १४.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जा २५.३ प्रतिशतले बढेको छ । 

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १२.१ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १२.८ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह २२.७ प्रतिशतले बढेको छ ।

७ महिनाको अर्थतन्त्रको चित्र 

आयात – ११ खर्ब ४७ अर्ब रूपैयाँ

निर्यात – १ खर्ब ३१ अर्ब 

रेमिट्यान्स आप्रवाह – ५ खर्ब ४० अर्ब 

विदेशी मुद्रा विनिमय सञ्चिति ११ खर्ब ७३ अर्ब 

स्वदेश भित्रने र बाहिरिने रकमबीचको अन्तर (शोधनान्तर स्थिति)– २ खर्ब ४७ अर्ब घाटा

वस्तु तथा सेवा आयात धान्न पुग्ने डलर सञ्चिति– ६.७ महिनाको

उपभोक्ता मुद्रास्फीति (महंगीदर)– ५.९७  प्रतिशत

बैंकिङ प्रणालीमा रहेको निक्षेप – १ खर्ब ३५ अर्ब

बैंकहरूले प्रवाह गरेको कर्जा – ५ खर्ब ७ अर्ब

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x