०५ असार २०८३, शुक्रबार

कच्चा पदार्थ नै महँगिदा खाने तेलमा मूल्यवृद्धि

फागुन २७, २०७८
कच्चा पदार्थ नै महँगिदा खाने तेलमा मूल्यवृद्धि

नेपाल तेलको लागि आवश्यक कच्चा पदार्थ खरीद गर्दा नै महँगो मूल्य खर्चनु परेका कारण खानेतेलमा समेत मूल्यवृद्धि भएको छ । 

अन्तर्राष्ट्रिय बजारबाट नेपाल भित्रँदै कच्चा पदार्थ महँगिएका कारण नेपालमा पनि खाने तेलको मूल्यवृद्धि भएको नेपाल वनस्पति घ्यू तथा तेल उत्पादक संघले जानकारी दिएको छ । 

संघका अनुसार नेपालमा भित्रने तेलको कच्चा पदार्थ क्रुड सोयाविन, सनफ्लावर, पाम आयल र गेडा तोरी शतप्रतिशत आयात हुने गरेको छ । 

यी वस्तुको आयात ब्राजिल, अर्जेन्टिना, क्यानडा, अस्ट्रेलिया, युक्रेनसहितबाट आउने गरेको छ । 

यी वस्तुमा क्रुड सनफ्लावर तेल ९५ देखि शतप्रतिशत र तोरीको गेडा ६० देखि ८० प्रतिशत युक्रेनबाट मात्रै आउने गरेको छ । 

हाल रसिया युक्रेन युद्धका कारण आयात प्रभावित भएको हुँदा नेपालमा तेलको मूल्यवृद्धि भएको पनि संघको भनाइ छ । 

कच्चा तेलमा भएको मूल्यवृद्धिकै कारण नेपालमा पनि ४० देखि ५० प्रतिशतसम्मले खाने तेलको मूल्य बढेको छ । 

नेपालमा हाल विभिन्न २२ वटा उद्योगले खानेतेलको प्रशोधन गरेर बजारमा बिक्री वितरणको लागि पठाउने गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्