२८ जेठ २०८३, बिहीबार

सुन चाँदीका गरगहना लुटपाट गर्ने पक्राउ

फागुन २७, २०७८
सुन चाँदीका गरगहना लुटपाट गर्ने पक्राउ

काठमाडौँ महानगरपालिका–१६ माछापोखरीबाट राजकुमार तामाङको सुन र चाँदीका गरगहना लुटपाट गरेको अभियोगमा सोही ठाउँ बस्ने नुवाकोट किस्पाङ गाउँपालिका–३ का १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । 

सुन र चाँदीका गरगहना लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न ती किशोरलाई भाग्दै गरेको अवस्थामा फेला पारेको हो ।

उनको साथबाट एक तोला सुनको मङ्गलसुत्र, चाँदीको ब्रासलेट र एक थान पोतेको माला बरामद गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्