
केन्द्रीय गुठी लगत तथा अभिलेख कार्यालयले ३० वर्ष अघिदेखि थन्किएर रहेका लगत अभिलेख दुरुस्त राख्ने कार्य थालेको छ ।
कार्यालयमा काम सकिएका झन्डै एक हजार पाँच सय थान राणा र शाहकालीन अभिलेख छन् ।
त्यसबाहेक कतिपय रुजु गर्न बाँकी रहेको अभिलेख पनि रहेको कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी श्रीरत्न शाक्यका अनुसार लगत फस्र्योटबाट गुठी जग्गाको अभिलेख यकिन गर्ने र पुरातात्विक सम्पदाको समेत पहिचान हुनेछ । गोरखापत्र दैनिकमा सरोज आचार्यले खबर लेखेका छन् ।