०७ असार २०८३, आइतबार

प्रवद्र्धनमा जुटे पर्यटन व्यवसायी

फागुन २८, २०७८
प्रवद्र्धनमा जुटे पर्यटन व्यवसायी
तस्वीर सौजन्य : गोरखापत्र दैनिक

पश्चिम  नेपालका  पर्यटकीय  क्षेत्रको अवलोकन  र  प्रचारप्रसारका  लागि  भारतबाट  ५०  भन्दा  बढी  पर्यटन व्यवसायी नेपालगञ्ज पुगेका छन् ।

भारतीय  पर्यटकलाई  आकर्षित  गर्न  नेपालगञ्जमा  पहिलो  पटक सञ्चालन  भइरहेको  तीन  दिने  'वेस्टर्न  ट्राभल  मार्ट’मा  सहभागी  हुन उनीहरू  यहाँ  आएका  हुन् ।

यस  क्षेत्रका  प्रमुख  पर्यटकीय  स्थलको अवलोकनका  साथै  भारतीय  पर्यटक  ल्याउने  विषयमा  अन्तरक्रिया र  छलफल  पनि  गरिएको  नेपाल  एसोसिएसन  अफ  टुर्स  एन्ड  ट्राभल्स एजेन्टस् (नाट्टा) बाँकेले जनाएको छ ।

भारतको  मुम्बई,  गुजरात,  पन्जाब,  लखनउ,  कानपुर,  दिल्ली र  जयपुरलगायतका  सहरबाट  आएका  पर्यटन  व्यवसायीलाई बाँके  राष्ट्रिय  निकुञ्ज,  बर्दिया  राष्ट्रिय  निकुञ्ज,  रारा,  शे–फोक्सुण्डो, कर्णालीको  जलयात्रालगायत  पश्चिम  नेपालका  पर्यटकीय  स्थल  र नेपालगञ्जका  क्यासिनोको  भ्रमण  गराउने  कार्यक्रम  रहेको  पर्यटन प्रवद्र्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए ।

कसरी बढीभन्दा बढी पर्यटक भित्र्याउने भन्ने विषयमा सातवटै प्रदेशबाट  आएका  करिब  सय  जना  पर्यटन  व्यवसायीसँग  भारतीय पर्यटकको  अन्तरक्रिया  र  छलफल  भइरहेको  उनले  बताए । भारतीय  पर्यटन  व्यवसायी  अनुज  सिंहले  यो  मार्ट  अति  नै  सही समयमा  गरिएको  धारणा  व्यक्त  गर्दै  यसबाट  पर्यटन  व्यवसायमा ठूलो  टेवा  पुग्ने  बताए । गोरखापत्र दैनिकमा सिराज खानले खबर लेखेका छन् ।

कमेन्ट गर्नुहोस्