नयाँ दिल्ली, २२ असार– भारतीय राज्य आन्ध्र प्रदेसको विशाखापटनममा एक दर्दनाक घटना भएको छ । महिलालाई उनका तीनवटा बच्चाकै अगाडि ग्याङरेप गरिएको घटना सार्वजनिक भएको छ ।
प्रहरीले बताएको छ कि बुधवार दुईजना आरोपी र उनका साथीहरुलाई पक्राउ गरिएको छ । अहिले उनीहरुमाथि अनुसन्धान भइरहेको जनाइएको छ ।
मंगलबार राति गजुवाका प्रहरी चौकीमा बलात्कार सम्बन्धी आरोप पत्र दर्ता गरिएको थियो । आरोप पत्रमा उल्लेख गरिएअनुसार घटना सोमवार साँझ त्यो समयमा भयो, जब महिलाका पति कामका लागि बाहिर गएका थिए ।
प्रहरीका अनुसार एक बालकसहित दुईजना व्यक्ति घरभित्र पसेका थिए । त्यसपछि महिलासँग जवरजस्ती गरियो ।
गजुवाका पुलिस चौकीका प्रहरी निरीक्षक टी इमेनुएल राजूले भने, ‘दुईजनाले महिलालाई बच्चाकै अगाडि बलात्कार गरे । उनीहरुले घटनाबारे कसैलाई भने गम्भीर परिणाम भोग्नुपर्ने भन्दै धम्की पनि दिए ।’