३२ असार २०८३, बिहीबार

मोदी र योगीविरुद्ध अभिव्यक्ति दिँदै चुनाव प्रचार गर्ने सरकारी शिक्षक निलम्बित

फागुन २८, २०७८
मोदी र योगीविरुद्ध अभिव्यक्ति दिँदै चुनाव प्रचार गर्ने सरकारी शिक्षक निलम्बित
फाइल फोटो

भारतको उत्तर प्रदेशमा भएको विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले बहुमत ल्याएको छ । तर चुनाव प्रचारमा देखिएका गतिविधिले एक सरकारी शिक्षक निलम्बित भएका छन् ।

प्रयागराजका शिक्षक अजीत यादवलाई निलम्बन गर्दै अनुसन्धान शुरू गरिएको छ ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियोमा ती शिक्षक चुनाव प्रचारको सार्वजनिक कार्यक्रममा सहभागी भएका तथा प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री योगी आदित्यनाथविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको पाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जिल्ला आधारभूत शिक्षा अधिकारी प्रवीणकुमार तिवारीले बहरिया विकासखण्डको संयुक्त विद्यालयका शिक्षक अजीत यादवलाई निलम्बित गरेका हुन् । विधानसभा चुनावका क्रममा यादव एक राजनीतिक दलको जनसम्पर्क, जनसभा र प्रचारमा सक्रिय रहेको आरोप छ । 

salt training

कमेन्ट गर्नुहोस्