०१ असार २०८३, सोमबार

५ हजारमा झर्‍यो सक्रिय संक्रमितको संख्या

फागुन २८, २०७८
५ हजारमा झर्‍यो सक्रिय संक्रमितको संख्या

पछिल्लो २४ घण्टामा ७३ जनामा संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६२ नमूना परीक्षणमध्ये ३० पीसीआर र ४३ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन ।  

हालसम्मको मृत्यु संख्या ११ हजार ९५० छ । 

मन्त्रालयका अनुसार थप १९२ जना संक्रमणमुक्त भएका छन् ।

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ९ लाख ६० हजार ८७८ पुगेको छ ।  

हाल मुलुकभर ५ हजार ५० सक्रिय संक्रमित छन् । कोरोनाको तेस्रो लहर चल्दा ९० हजार माथिसम्म सक्रिय संक्रमित थिए । 

salt training

कमेन्ट गर्नुहोस्