०५ साउन २०८३, मंगलबार

आगामी निर्वाचनबाट एमालेको सरकार बन्छ- एमाले महासचिव पोखरेल

फागुन २८, २०७८
आगामी निर्वाचनबाट एमालेको सरकार बन्छ- एमाले महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले संगठनको सामर्थ्य निर्माणका लागि टोलटोलमा संगठन विस्तार गर्न आवश्यक रहेको बताएका छन् । 

स्थानीय तह निर्वाचन केन्द्रित आज यहाँ आयोजित पार्टी प्रशिक्षणमा उनले नेपालको कम्युनिष्ट आन्दोलनमा योगदान पुर्‍याएका सबै शक्ति एमालेमा रहेकाले आगामी निर्वाचन बलियो शक्तिका रूपमा उदाउने दाबी गरे । 

'पार्टी विभाजनको मुख्य एजेण्डा एक व्यक्ति, एक पद र एमसीसी रहेकामा आज ती दुवै एजेण्डा सत्ता गठबन्धनमा सामेल पार्टीका नेतृत्वबाटै कति पालना भयो, भएन भन्ने देखिसकिएको छ,' उनले भने । 

आगामी निर्वाचनका माध्यमबाट पार्टीको नेतृत्वमा सरकार गठन हुने दाबी गर्दै उनले नेपालको संसदीय प्रणालीमा दलीय अनुशासन उल्लंघन गर्ने कार्यबाट राजनीति दिशाविहीन बन्न राजनीतिक निर्वाचनका माध्यमबाट ठिक मार्गमा ल्याइने बताए । 

आकाश, जमिन र समुद्रमा पनि नेपालको अधिकार स्थापितका लागि ओली नेतृत्वको सरकारले महत्त्वपूर्ण काम गरेको दाबी गर्दै महासचिव पोखरेलले आगामी निर्वाचनमा जनताले मूल्यांकन गर्ने विश्वास व्यक्त गरे । 

salt training

कमेन्ट गर्नुहोस्