२७ असार २०८३, शनिबार

एमाले मुद्दा उठाएर मुद्रा कमाउने पार्टी होइन- ओली

फागुन २८, २०७८
एमाले मुद्दा उठाएर मुद्रा कमाउने पार्टी होइन- ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले मुद्दा उठाएर मुद्रा कमाउने पार्टी नभएको बताएका छन् । 

शनिवार वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीसहितका नेता कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । 

उनले नेकपा एमाले जनताका दुःख र समस्यालाई हटाउने पार्टी भएको दाबी गरे । उनले आफ्नो कार्यकालमा नागरिकताको समस्या संसद नचलेको बेलामा पनि अध्यादेश ल्याएर बनाएको र अहिलेको सरकारले त्यसलाई रोकेको बताए । 

‘नागरिकताका समस्या हामीले संसदबाट हुन नसकेपछि संसद नचलेका बेला अध्यादेश ल्याएर पनि नागरिकका सन्तानले वंशजका आधारमा नागरिकता प्राप्त गर्नुपर्छ भनेर हामीले कानून बनायौँ तर अहिलेको गठबन्धनले त्यसलाई कायम रहन दिएन । फेरि हामी त्यसलाई अघि बढाउनेछौँ,’ उनले भने । 

नगर प्रमुख सरावगी जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य थिए ।

salt training

कमेन्ट गर्नुहोस्