२७ जेठ २०८३, बुधबार

शिक्षामा नयाँ नीति अख्तियार गर्दै प्रदेश १ सरकार

फागुन २८, २०७८
शिक्षामा नयाँ नीति अख्तियार गर्दै प्रदेश १ सरकार

 वर्तमान समयमा पनि परम्परागत सिकाई हाबी भइरहेको भन्दै प्रदेश १ सरकारले सामुदायिक विद्यालयमा नयाँ सिकाइको नीति अख्तियार गर्ने भएको छ । सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले अझै पनि सामुदायिक तथा सरकारी विद्यालयका विद्यार्थीहरूलाई बन्द कोठा भित्र नै शिक्षा दिइरहेको भन्दै नवीन सिकाइको प्रयोग गर्नुपर्ने बताएका हुन् । 

'सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई अव नयाँ ढङ्गको सिकाई प्रदान गर्नुपर्‍यो ।खालि कोठाभित्र ल्याएर थुनेर मात्र विद्यार्थीले ज्ञान प्राप्त गर्न सक्दैन ।ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका ४ मा जाल्पा माविको पून:निर्मित भवनको उद्घाटन समारोहमा उनले भने, विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा समेत जोड दिनुपर्‍यो ।' 

विद्यार्थीलाई नयाँ कुरा दिन नसके शिक्षकले जागिर खानकै लागि पढाउने तथा विद्यार्थी पास मात्रै हुने भन्दै यस प्रकारको सिकाइ तोड्न शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले गम्भीर भएर सोच्नुपर्ने बताए । 

हुँदा खाने र हुनेखानेको शिक्षा फरक हुँदै गएकोले त्यसतर्फ ध्यान दिनुपर्ने उल्लेख गर्दै उहाँले भाषा जुन भए पनि विद्यार्थीले लिने ज्ञान समान हुनुपर्ने बताए । 

 विद्यार्थीमैत्री विद्यालय बनाउन निर्देशन दिँदै मन्त्री कार्कीले जीवन उपयोगी शिक्षा नै आजको आवश्यकता भएकाले शिक्षामा नयाँ नीति प्रदेश सरकारले अख्तियार गर्ने बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्