०६ साउन २०८३, बुधबार

चुनाव जित्न काँग्रेस नै मिल्नुपर्छः प्रदीप पौडेल

फागुन २८, २०७८
चुनाव जित्न काँग्रेस नै मिल्नुपर्छः प्रदीप पौडेल

काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी एकजुट भए आगामी चुनावमा पार्टीलाई कसैले हराउन नसक्ने बताएका छन् । पार्टीमा आन्तरिक एकताको समस्या रहेको स्वीकार्दै उनले त्यस्तो समस्यालाई सुधारेर पार्टीलाई एकढिक्का बनाएर चुनाव केन्द्रीत हुनुपर्ने उनको भनाइ छ । 

नेपाली काँग्रेस नुवाकोट क्षेत्र नम्बर  १ (ख) स्तरीय चुनाव केन्द्रीत ‘घर घर जाओैं, काँग्रेस जिताऔँ’ अभियानअन्तर्गत शनिबार ककनीमा समापन गर्दै पौडेलले पार्टीको आन्तरिक प्रतिस्पर्धामा जित्नेहरूले हार्नेलाई पनि समेटेर एकताको भावना प्रस्तुत गर्नुपर्नेमा जोड दिए । 
उनले आन्तरिक प्रतिस्पर्धालाई सामान्य रुपमा लिँदै हार्नेलाई पनि कार्यक्रमहरुलाई समेट्ने अभ्यास हुन सके पार्टी एकढिक्का हुनसक्ने धारणा राखे । तर, अहिले हार्नेको अत्तोपत्तो नहुने परिपाटी रहेको औल्याउँदै उनले यसले पार्टी बलियो हुन नसक्ने धारणा राखे । 
 
उनले काँग्रेसको प्रतिस्पर्धी कम्युनिस्ट नै भएको धारणा राख्दै भने, ‘चुनाव जित्नका  लागि उपविजेताहरुसँगै मिलेर बस्न सक्ने अवस्था हुनुपर्छ । आन्तरिक मञ्चहरूमा काँग्रेस एकै ठाउँमा हुनुपर्छ ।  जितेका हारेका सबै एकठाउँमा हुनुपर्छ ।’

काँग्रेस नै मिल्न नसक्दा नै पार्टीले उल्लेखनीय नतिजा ल्याउन नसकेको विगतलाई कोट्याउँदै उनले यसमा सबै पक्ष गम्भीर बन्नुपर्नेमा जोड दिए । 

salt training

कमेन्ट गर्नुहोस्