०६ असार २०८३, शनिबार

माछापुच्छ्रे बैंकद्वारा उदयपुरको देउरी स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

फागुन २९, २०७८
माछापुच्छ्रे बैंकद्वारा उदयपुरको देउरी स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उदयपुर जिल्लाको त्रियुगा नगरपालिका स्थित देउरी स्वास्थ्य चौकीमा आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । 

उदयपुर सिमेन्ट लिमिटेडको समन्वयमा मिति २०७८/११/२८ गते शनिवार  त्रियुगा नगरपालिका स्थित देउरी स्वास्थ्य चौकीमा आयोजित विशेष कार्यक्रममा उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी एवं उदयपुर सिमेन्ट उद्योग लि. का महाप्रबन्धक गोपीकृष्ण न्यौपानेको उपस्थितिमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले उक्त सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।

बैंकले स्थानीय आम नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यले देउरी स्वास्थ्य चौकीलाई ल्याब इक्विपमेन्ट हस्तान्तरण गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्