०४ असार २०८३, बिहीबार

एम्बुलेन्समा पालना नै हुँदैन न्युनतम मापदण्ड !

फागुन २९, २०७८
एम्बुलेन्समा पालना नै हुँदैन न्युनतम मापदण्ड !

सङ्घीय  राजधानी  काठमाडौँलगायत  देशभर  गुड्ने  एम्बुलेन्समध्ये धेरैजसो डेलिभरी भ्यान प्रयोग गरी सञ्चालनमा छन् ।

यस्ता सवारीसाधन एम्बुलेन्सका रूपमा सञ्चालन गर्न अयोग्य मानिन्छन् ।

बिरामीलाई राख्नसमेत असहज हुने  यस्ता  सवारीमा  बिरामी  कुरुवा  तथा  स्वास्थ्यकर्मी राख्ने स्थानसमेत पुग्दैन ।

यति मात्र होइन कतिपय सुविधा सम्पन्न अस्पतालले  मापदण्ड  पूरा  गरी  एम्बुलेन्स  सञ्चालन  गरे  पनि  बिरामीलाई  चर्को  मूल्य  असुल्ने  गरेको  गुनासो  आउने  गरेको  छ  ।

कतिपय निजी अस्पतालले एम्बुलेन्स चालकलाई प्रभावमा  पारेर  सेटिङमा  बिरामी  ल्याउने  र  बिरामीबाट  अनावश्यक  रकम  असुल्ने  धन्दासमेत चलाउने गरेको पाइएको छ ।

मुलुकभर  एक  हजार  ४६९  एम्बुलेन्स  सञ्चालनमा छन् । ती एम्बुलेन्सलाई व्यवस्थित र  प्रभावकारी  बनाउन  राष्ट्रिय  एम्बुलेन्स  निर्देशिका, २०७८ समेत जारी भएको छ तर अधिकांश  एम्बुलेन्सले  निर्देशिकामा  तोकिएका  न्यूनतम मापदण्डसमेत पूरा गरेका छैनन् ।

केही अस्पतालले सञ्चालन गर्ने एम्बुलेन्स सरकारले तोकेको मापदण्डअनुसार सञ्चालन भए पनि अधिकांश भने सामान्य प्रक्रियासमेत पूरा नगरी सञ्चालनमा छन् ।

राष्ट्रिय एम्बुलेन्स निर्देशिकामा  एम्बुलेन्सका  रूपमा  प्रयोग  हुने  सवारीसाधन  कम्तीमा  एक  हजार  सीसीको  हुनुपर्ने,  फोरह्विल  र  सस्पेन्सन  चेन  सिस्टम  अनिवार्य भएको हुनुपर्ने व्यवस्था छ ।

त्यस्तै  एम्बुलेन्स  चालक  २५  वर्ष  उमेर  पुगेको,  राष्ट्रिय  स्वास्थ्य  तालिम  केन्द्रबाट एम्बुलेन्स चालकको तालिम लिएको, आपत्कालीन  उद्धार  तथा  प्राथमिक  स्वास्थ्य  उपचारको  समेत  ज्ञान  भएको  हुनुपर्ने  उल्लेख  छ  ।  गोरखापत्र दैनिकमा शिव भण्डारीले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्