२९ जेठ २०८३, शुक्रबार

९ वर्षमा बनेन पुल

फागुन २९, २०७८
९ वर्षमा बनेन पुल

सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोसी नदीस्थित फोक्सिङ्टारमा निर्माणाधीन पक्की पुलका लागि तेस्रोपटक थप भएको म्याद आगामी चैत मसान्तमा सकिँदैछ । 

विसं २०७३ चैत २२ गते सम्पन्न गर्नेगरी विसं २०६९ चैत २३ गते ठेकेदार कम्पनी गौरी पार्वती वाइपी जेभीसँग सम्झौता भएको फोक्सिङ्टार पुल निर्माणको काम पछिल्लो समय थप गरिएको समयसीमाभित्र पनि सम्पन्न हुने  छाँटकाँट छैन ।

जिल्लाबाट पूर्वी तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको उक्त सडकखण्डमा पर्ने फोक्सिङ्टारको पक्की पुल निर्माणमा ढिलासुस्ती हुँदाको प्रत्यक्ष असर जिल्लाको आर्थिक क्रियाकलापदेखि विकास निर्माणमा समेत पर्ने गरेको छ । पुल निर्माणमा ढिलासुस्ती हुँदा छ वर्षदेखि फोक्सिङ्टारमा अस्थायी बेलीब्रिज जडान गर्ने तथा झिक्ने क्रममा राज्यको करोडौँ रकम खर्च भइसकेको छ । अस्थायी रुपमा जडान गरिने फोक्सिङ्टारको बेलीब्रिज हटाएपछि कटारी–घुर्मी–जयराम हुँदै यात्रा गर्नुका साथै दैनिक उपभोग्य सामग्री ढुवानी गर्नुपर्ने बाध्यता छ । ठेकेदार कम्पनीको लापरवाहीका कारण पुल निर्माणमा ढिलासुस्ती आवतजावत गर्नदेखि उपभोग्य सामान ढुवानीमा समेत समस्या हुने गरेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष उपिनकुमार राईले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्