०९ असार २०८३, मंगलबार

वाइसीएलले मिर्गाैलाका बिरामीलाई गर्‍यो आर्थिक सहयोग

फागुन २९, २०७८
वाइसीएलले मिर्गाैलाका बिरामीलाई गर्‍यो आर्थिक सहयोग
प्रतिकात्मक तस्वीर

वाइसीएल नेपाल व्यास नगर कमिटीले दुवै मिर्गौलाका बिरामी व्यास–१४ की १९ वर्षीया खुश्बु रानाको उपचारार्थ आर्थिक सहयोग प्रदान गरेको छ । 

उपचारका क्रममा रहेकी उनलाई  कमिटीले २ लाख ७ हजार रुपैयाँ विभिन्न व्यक्ति तथा संघसंस्थाबाट संकलन गरी सहयोग गरेको हो ।

वाइसीएल केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज ईश्वर बस्याल, गण्डकी प्रदेश सदस्यद्वय बादल आले र एचबी मगर, सदस्य लगायतले खुश्बुका पति कोमबहादुर रानालाई संयुक्तरूपमा शनिवार रकम हस्तान्तरण गरेका हुन् ।

आर्थिक अवस्था नाजुक खुश्बुको उपचारका लागि रकम संकलन भएको कमिटीका अध्यक्ष निर्दोष भट्टराईले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्