
प्रधानमन्त्री शेरबहादुर देउवाले युक्रेनबाट बाहिरिएका नेपाली नागरिकलाई स्वदेश फर्काउन सहयोग गरेकामा भारत सरकारलाई धन्यवाद दिएका छन् ।
युक्रेनको सीमा नाका तेस्रो मुलुक हुँदै स्वदेश फर्कन चाहेका नेपाली नागरिकमध्ये चार जना नेपाली शनिबार नेपाल आइपुगेका छन् । उनीहरूलाई स्वदेश फर्काउन भारत सरकारले चलाएको अभियानमा सामेल गराउन सहयोग गरेकामा भारतीय समकक्षी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री देउवाले आभार प्रकट गरेका हुन् । उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, चार जना नेपाली भर्खर नेपाल आइपुगेका छन्, अपरेसन गङ्गाको माध्यमबाट नेपालीलाई यहाँ ल्याउन सफल भएकामा प्रधानमन्त्री मोदी र भारत सरकारलाई धन्यवाद । हालसम्म ५६५ जना नेपालीको युक्रेनबाट उद्धार भएको छ ।’ गोरखापत्रमा खबर छ।