०१ असार २०८३, सोमबार

टीभीएस रेडर १२५ बन्यो ‘मोटरसाइकल अफ दी इयर’

फागुन २९, २०७८
टीभीएस रेडर १२५ बन्यो ‘मोटरसाइकल अफ दी इयर’

टीभीएस रेडर १२५ लाई प्रतिष्ठित भारतीय अवार्ड, इण्डियन मोटरसाइकल अफ दी इयर (आईएमओटीवाई) उपाधिद्वारा सम्मानित गरिएको छ ।

टीभीएस रेडर १२५, आफ्नो आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, इन्धन मितव्ययीता, उत्कृष्ट कार्य सम्पादन क्षमता र भारतीय महाद्विपीय सवारी अवस्थाहरूमा स्थिरताका लागि परिचित छ । 

कार्यक्रममा टीभीएस रेडारले मनोनयनमा परेका अन्य ५ कडा प्रतिस्पर्धी मोटरसाइकललाई पछि पार्दै उपाधि हात पारेको हो ।

इण्डियन मोटरसाइकल अफ दी इयर (आईएमओटीवाई) उपाधिको छनोट तथा घोषणाका लागि फिनालेमा १४ सदस्यीय निर्णायक मण्डलको गठन गरिएको थियो । निर्णायक मण्डलका सदस्यहरूमा अटो टूडेका एसोसिएट एडिटर राहुल घोष, अटो टूडेका सिनियर स्पेशल करेस्पोन्डेन्ट दिप्यन दत्ता, अटोएक्सका रोड टेष्ट एडिटर शिवांक भट्ट लगायत सम्मिलित रहेका थिए ।

‘निर्णायक मण्डलीका सदस्यहरूको विशेषज्ञाले पूर्ण प्रमाणीकरण प्रदान गर्ने हुँदा आईएमओटीवाई सवारी साधन उद्योगमै सर्वाधिक प्रतिष्ठित अवार्डका रुपमा स्थापित छ । टीभीएस रेडरलाई यस्तो प्रतिष्ठित अवार्डद्वारा सम्मानित गरिँदा हामी निकै गौरवान्वित छौँ । यसका श्रेय हामी समग्र टीभीएस मोटर्सको टिम लगायत टीभीएस रेडारलाई मायाँ गर्नुहुने समग्र उपभोक्तालाई दिन चाहान्छौँ’, अवार्ड समारोहमा उपाधि ग्रहण गर्दै टीभीएस मोटर्सका वरिष्ठ उपाध्यक्ष मार्केटिंग अनिरुढ हल्दारले भने ।

मितव्ययी मूल्यमा अत्याधुनिक फिचर सुसज्जित टीभीएस रेडरले नेपालमा पनि उत्तिकै लोकप्रियता पाइरहेको दाबी गरिएको छ । 

‘जगदम्बा मोटर्सद्वारा सन् २०२१को नोभेम्बरमा सार्वजनिक गरिएको यो बाइक युवाहरु माझ अत्यधिक लोकप्रिय छ र नेपालमा पनि उल्लेखनिय संख्यामा बिक्री भइरहेको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

टीभीएस रेडर १२५मा आकर्षक मस्कुलर लुक्सका साथमा एड्जस्टेवल मोनोशक सस्पेन्सन, यूएसबी चार्जिंग, अन्डर सिट स्टोरेज र फराकिलो टायर लगायत विशेषताहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ । साथै, यसमा रहेका आकर्षक नयाँ एलईडी हेडलाइट, एंगुलर एलईडी डीआरएलहरु तथा फेन्डर अप फ्रण्टले समग्र बाइकको लुक्सलाई अझ आकर्षण प्रदान गरेको कम्पनीको भनाइ छ । 

‘१ सय २४ दशमलव ८ सीसी, सिंगल सिलिन्डर, एयर आयल कुल्ड एसआई कार्बुरेटर ईञ्जिनद्वारा शक्ति प्रदान गरिएको यसले ७५०० आरपीएममा १२.९ पीएस शक्ति उत्पादन गर्ने र ६ हजार आरपीएममा ११.५ एनएम अधिकतम टर्क उत्पादन गर्ने क्षमता बोकेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘बजारमा उपलब्ध अधिकांश १ सय ५० सीसीका मोटरसाइकलमा हाल सम्म पनि २ भल्भ इञ्जिनको प्रयोग भइरहँदा यो बाइक भने ३ भल्भ इञ्जिनका साथमा बजारमा उपलब्ध गरिएको छ यो मोटरसाइकलले शून्यदेखि ६० किलोमिटर प्रतिघण्टाको गति जम्मा ५.९ सेकेण्डमा प्राप्त गर्ने क्षमता बोकेको छ । भारतीय बजारमा आईएमओटीवाई अवार्डद्वारा सम्मानित यो बाइक नेपाल भर रहेका टीभीएस शोरुमहरू मार्फत सहजै उपलब्ध रहेको छ ।’

salt training

कमेन्ट गर्नुहोस्