१० असार २०८३, बुधबार

युक्रेनको मेलितोपोलमा रुसले नयाँ मेयर बनाएको दाबी

फागुन २९, २०७८
युक्रेनको मेलितोपोलमा रुसले नयाँ मेयर बनाएको दाबी

युक्रेनको मेलितोपोल शहरमा निर्वाचित मेयर इभान फेदोरोभलाई अपहरण गरेर रुसी सेनाले नयाँ मेयर राखेको दाबी गरिएको छ । 

राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले रुसी बलका १० सशस्त्र मानिसले फेदोरोभलाई अपहरण गरेर हिरासतमा लिएको बताए । युक्रेनको परराष्ट्र मन्त्रालयले फेदोरोभलाई थुनामा राख्ने काम अपहरण र युद्ध अपराध भएको बताएको छ । 

मेलितोपोलमा गालिना ड्यानिलचेन्कोलाई मेयर बनाइएको छ । उनी नगर परिषद्की पूर्व सदस्य हुन् । 

उनलाई स्थानीय टेलिभिजनमा कार्यवाहक मेयरका रूपमा परिचय दिइएको बताइन्छ । उनले शहरलाई सामान्य अवस्थामा फर्काउन सबै आवश्यक कदम चाल्ने बयान जारी गरिन् । 

मेलितोपोलमा परिस्थिति खलबल्याउने र उत्तेजक कार्य गर्ने सम्भावना भएका मानिस अझै पनि रहेको दाबी पनि उनले गरिन् । 

तर त्यस्ता उत्तेजक गतिविधिको पछि नलाग्न उनले नगरवासीलाई आग्रह गरेकी छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्