०५ साउन २०८३, मंगलबार

नेशनल लाइफ इन्स्योरेन्सको बोनस स्वीकृत

फागुन २९, २०७८
नेशनल लाइफ इन्स्योरेन्सको बोनस स्वीकृत

 नेशनल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट वितरण गर्न लागिएको बोनस साधारण सभाले स्वीकृत गरेको छ । 

इन्स्योरेन्सको ३३ औं वार्षिक साधारण सभाले उक्त आवको चुक्ता पुँजीको १९ प्रतिशत बोनस र कर प्रयोजनको लागि ३ करोड ३९ लाख ०८ हजार ८९२ रूपैयाँ नगद लाभांश स्वीकृत गरेको छ । बोनसपछि यसको कुल पूँजी ४ अर्ब ३ करोड नाघेको छ ।

साधारण सभाले नयाँ सञ्चालकसमेत चयन गरेको छ । संस्थापक समूह क वर्गबाट ३ जना प्रेमा राज्य लक्ष्मी सिंह, पवनबहादुर पाँडे र कुशल मल्ली सञ्चालकमा निर्वाचित भएका छन् । 

सञ्चालकमा सर्वसाधारण समूह अर्थात् ख वर्गबाट भवानी राणा र कुलदीप शरण सिंहलाई निर्वाचित गरेको पनि कम्पनीले जानकारी दिएको छ । 

साधारण सभामा आव २०७६/०७७ मा कम्पनीको सबै वित्तीय सूचाङ्कहरू उत्साहप्रद रहेको जानकारी पनि दिइएको छ । उक्त आवमा कूल बीमाशुल्क १५.१२ प्रतिशतले वृद्धि भएर ९ अर्ब २६ करोड ७४ लाख रूपैयाँ पुगेको छ । 

जीवन बीमा कोष २४.२९ प्रतिशतले वृद्धि भएर ३३ अर्ब ४६ करोड पुगेको छ । यसको कूल लगानी १८.८४ प्रतिशतले वृद्धि भएर ३१ अर्ब ८५ करोड रूपैयाँ पुगेको छ ।

कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन कम्पनी प्रयासरत रहेको र आव २०७६/०७७ मा वार्षिक औसत प्रतिफल १०.१६ प्रतिशत कायम रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्