०५ साउन २०८३, मंगलबार

एमसीसीबारे ढोंगीहरूले भ्रम फैलाएका रहेछन्, अब गाउँगाउँमा गएर बहस गर्छु- गगन थापा

फागुन २९, २०७८
एमसीसीबारे ढोंगीहरूले भ्रम फैलाएका रहेछन्, अब गाउँगाउँमा गएर बहस गर्छु- गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अमेरिकी आर्थिक सहयोग कार्यक्रम (एमसीसी)बारे जनतामा भ्रम छर्ने काम भएको भन्दै निवारणका लागि गाउँगाउँमा जाने बताएका छन् । 

एमसीसीबारे आफूले जिम्मा लिने र भ्रम फैलाउन नेताहरूलाई पाँच वर्षपछि प्रश्न गर्ने बताए । 

सुर्खेतमा जारी कर्णाली महोत्सवमा भएको छलफलमा भाग लिँदै महामन्त्री थापाले अरू नेताहरूले जिम्मा नलिए पनि एमसीसीबारे आफूले जिम्मा लिने बताएका हुन् । ‘संसदबाट एमसीसी पास भएपछि राम्ररी घुमेर भ्रम चिर्नुपर्ने अवस्था महसुश गरेको छु । एकथरी ढोंगी र ठगले धेरै नै भ्रम छरेका रहेछन् भन्ने लागेको छ,’ थापाले भने, ‘एमसीसीका कारण नेपालमा विदेशी सेना आउँछ, अरू देशको कानून लागू हुन्छ भन्नेलाई ५ वर्षपछि मञ्चको तल बसेर प्रश्न सोध्ने हो । अछाम गए पनि उम्किन पाउँदैनन्, इलाम गए पनि पाउँदैनन् ।’

महामन्त्री थापाले आफ्नो ल्याकतले भ्याएसम्म चीन र भारतसँग आर्थिक सहयोग ल्याउन लागिपर्ने बताए ।

‘नेपालले अमेरिकाबाट ६० अर्ब ल्यायो, मेरो ल्याकतले भ्यायो भने चीनसँग ७० र भारतसँग ८० अर्ब ल्याउन सक्ने प्रयास गर्नेछु । विना लगानी नेपालको आर्थिक अवस्था सुधार्न सकिँदैन,’ उनले भने । 

युवा विद्यार्थीहरूले एमसीसीबारे सोधेका प्रश्नको जवाफमा महामन्त्री थापाले एमसीसीमा आउन लागेको सहयोग अनुदान भएकोले स्वीकार्नुपर्ने बताए । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, मेलम्ची आयोजना र सुरुङमार्गमा लिएको ऋणको ब्याज तिर्नुपरेको उदाहरण दिँदै उनले आर्थिक सहयोग लिनुपर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्