×

NIC ASIA

एमसीसीबारे ढोंगीहरूले भ्रम फैलाएका रहेछन्, अब गाउँगाउँमा गएर बहस गर्छु- गगन थापा

फागुन २९, २०७८

Prabhu Bank
NTC
Premier Steels

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अमेरिकी आर्थिक सहयोग कार्यक्रम (एमसीसी)बारे जनतामा भ्रम छर्ने काम भएको भन्दै निवारणका लागि गाउँगाउँमा जाने बताएका छन् । 

एमसीसीबारे आफूले जिम्मा लिने र भ्रम फैलाउन नेताहरूलाई पाँच वर्षपछि प्रश्न गर्ने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुर्खेतमा जारी कर्णाली महोत्सवमा भएको छलफलमा भाग लिँदै महामन्त्री थापाले अरू नेताहरूले जिम्मा नलिए पनि एमसीसीबारे आफूले जिम्मा लिने बताएका हुन् । ‘संसदबाट एमसीसी पास भएपछि राम्ररी घुमेर भ्रम चिर्नुपर्ने अवस्था महसुश गरेको छु । एकथरी ढोंगी र ठगले धेरै नै भ्रम छरेका रहेछन् भन्ने लागेको छ,’ थापाले भने, ‘एमसीसीका कारण नेपालमा विदेशी सेना आउँछ, अरू देशको कानून लागू हुन्छ भन्नेलाई ५ वर्षपछि मञ्चको तल बसेर प्रश्न सोध्ने हो । अछाम गए पनि उम्किन पाउँदैनन्, इलाम गए पनि पाउँदैनन् ।’


Advertisment
Rupse Holidays
Nabil box

महामन्त्री थापाले आफ्नो ल्याकतले भ्याएसम्म चीन र भारतसँग आर्थिक सहयोग ल्याउन लागिपर्ने बताए ।

Vianet communication

‘नेपालले अमेरिकाबाट ६० अर्ब ल्यायो, मेरो ल्याकतले भ्यायो भने चीनसँग ७० र भारतसँग ८० अर्ब ल्याउन सक्ने प्रयास गर्नेछु । विना लगानी नेपालको आर्थिक अवस्था सुधार्न सकिँदैन,’ उनले भने । 

युवा विद्यार्थीहरूले एमसीसीबारे सोधेका प्रश्नको जवाफमा महामन्त्री थापाले एमसीसीमा आउन लागेको सहयोग अनुदान भएकोले स्वीकार्नुपर्ने बताए । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, मेलम्ची आयोजना र सुरुङमार्गमा लिएको ऋणको ब्याज तिर्नुपरेको उदाहरण दिँदै उनले आर्थिक सहयोग लिनुपर्ने बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x