२४ जेठ २०८३, आइतबार

एमाले र राजपासँगको सहमतिमा संशोधन प्रस्ताव ल्याए पास गर्छौं : भीम रावल

कात्तिक २०, २०७४
एमाले र राजपासँगको सहमतिमा संशोधन प्रस्ताव ल्याए पास गर्छौं : भीम रावल
काठमाडौं, २२ असार– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम बहादुर रावलले संसदमा विचाराधिन संविधान संशोधन प्रस्तावलाई फिर्ता लिएर आफ्नो पार्टीका कुराहरु समेटेर र राजपासँग सहमति कायम गरेर नयाँ प्रस्ताव ल्याईए त्यसलाई पास गराउन एमालेले सहयोग गर्ने स्पष्ट पारेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उपाध्यक्ष रावलले अहिले संसदमा विचाराधिन रहेको संविधान संशोधन प्रस्ताव राष्ट्र र जनताको हितमा नभएकोले त्यसलाई अविलम्ब फिर्ता लिई नयाँ सहमतिका आधारमा नयाँ प्रस्ताव ल्याईए आफूहरुले त्यसलाई पास गराउन पूर्ण रुपमा सहयोग गर्ने बताएका हुन् । उनले भने,‘हामी संशोधनको विरोधमा छैनौं, संशोधन गर्न सकिन्छ, तर देश र जनताको हितमा हुनुपर्छ।’ उनले संसदमा दर्ता गरिएको संशोधन प्रस्तावबारे अहिलेसम्म कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ नदिएको समेत बताए ।

साक्षात्कारमा बोल्दै उनले के को लागि संविधान संशोधन प्रस्ताव ल्याईएको भन्दै प्रश्न समेत गरे । प्रस्तावमा उल्लेख भएको सीमांकनसम्बन्धि विवाद आयोगमार्फत् टुंगो लगाउने कुराले प्रदेशको अधिकारलाई कटौति गरेकोले यसमा पनि आफ्नो पार्टीको विरोध रहेको रावलको भनाई थियो ।

त्यस्तै सरकारले स्थानीय तहका प्रमुख र उपप्रमुखले राष्ट्रिय सभामा मतदान गर्न नपाउने प्रस्ताव ल्याएकोले यसलाई आफूहरुले कुनैपनि हालतमा नमान्ने अडान कायमै रहेको उनले बताए । उनले सत्तारुढ दल कांग्रेस र नेकपा माओवादी केन्द्रले संविधान र कानुनको मर्मविपरीत स्थानीय तहको अधिकार कटौती हुनेगरी प्रस्ताव आएकोप्रति आफूहरुको पहिल्यै नै विरोध रहेकोले एमालेको अडान यथावत रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्